आमाको माया छात्रावास , चरिकोट दोलखा , नेपाल

  • Home
  • Nepal
  • Dolakha
  • आमाको माया छात्रावास , चरिकोट दोलखा , नेपाल
Call

आमाको माया छात्रावास , चरिकोट दोलखा , नेपाल जनजाति कल्याण आश्रम द्वारा संचालित
?

05/09/2026

आमाको माया छात्रावास , चरिकोट दोलखा , नेपाल भाईहरु
द्वारा देश भक्ति गीतमा आफ्नो नृत्य प्रस्तुत गर्दै 🙏🇳🇵❣️ ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन( GPK)  अमेरिकाका अध्यक्ष एवं राजनैतिक सामाजिक ब्यक्तित्व यस Janajati Kalyan Ashram Nepal ...
05/09/2026

गिरिजाप्रसाद कोइराला फाउन्डेसन( GPK) अमेरिकाका अध्यक्ष एवं राजनैतिक सामाजिक ब्यक्तित्व यस Janajati Kalyan Ashram Nepal द्वारा संचालित आमाको माया छात्रावास , चरिकोट दोलखा , नेपाल दोलखा , नेपाल लाई अघिका दिनहरुमा निरन्तर साथ सहयोग गर्दै आउनु भएका अमेरिका निवासी दाम्पपी श्री सोमनाथ घिमिरे ज्यु लाई छात्रावासमा अवलोकन गराउने अवरस मिल्यो । साथै शैक्षिक सामाग्री कपि, कलम र ब्याडमिन्टन सहयोग गरिदिनु भएकोमा छात्रावास परिवारको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौ । साथै अतिथिहरुमा नेपाली काङ्ग्रेस दोलाखाका पार्टी सभापति श्री बर्मा लामा ज्यु , जिपि फाउन्डेसन दोलखाका अध्यक्ष राकेश श्रेष्ठ ज्यु, छात्राअवास संचालक समितीका उपाध्यक्ष शिव केसी ज्यु , पत्रकार ज्युहरु, शिक्षक गुरुहरु, समाजिक एवं राजनैतिक ब्यक्तित्वहरुको उपस्थिति रहयो ।

04/09/2026
🎀 रक्षाबन्धन : विपत्तिमा परेकाहरूको रक्षायतिबेला हाम्रो देश बाढी, पहिरो तथा प्राकृतिक विपत्तिको पीडामा छ।नुवाकोट, रसुवा ...
28/08/2026

🎀 रक्षाबन्धन : विपत्तिमा परेकाहरूको रक्षा

यतिबेला हाम्रो देश बाढी, पहिरो तथा प्राकृतिक विपत्तिको पीडामा छ।
नुवाकोट, रसुवा लगायत विभिन्न क्षेत्रमा धेरै परिवारहरू विस्थापित भएका छन् र कठिन परिस्थितिको सामना गरिरहेका छन्।

यस पावन रक्षाबन्धनको अवसरमा हामीले आफ्ना दिदीबहिनी र दाजुभाइको मात्र होइन, संकटमा परेका हरेक नेपाली नागरिकको रक्षा र सहयोगका लागि हातेमालो गर्ने संकल्प गरौँ।

विपत्तिमा परेकाहरूको दुःखमा साथ दिऔँ, आवश्यक सहयोग गरौँ र मानवीय सेवाको भावनालाई अझ बलियो बनाऔँ। 🙏

भगवान् श्री पशुपतिनाथले विपत्तिमा परेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी एवं सबै नेपालीहरूको रक्षा गरून्। 🔱🙏

रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना! 🎀

🎀 रक्षाबन्धन : विपत्तिमा परेकाहरूको रक्षायतिबेला हाम्रो देश बाढी, पहिरो तथा प्राकृतिक विपत्तिको पीडामा छ।नुवाकोट, रसुवा ...
28/08/2026

🎀 रक्षाबन्धन : विपत्तिमा परेकाहरूको रक्षा

यतिबेला हाम्रो देश बाढी, पहिरो तथा प्राकृतिक विपत्तिको पीडामा छ।
नुवाकोट, रसुवा लगायत विभिन्न क्षेत्रमा धेरै परिवारहरू विस्थापित भएका छन् र कठिन परिस्थितिको सामना गरिरहेका छन्।

यस पावन रक्षाबन्धनको अवसरमा हामीले आफ्ना दिदीबहिनी र दाजुभाइको मात्र होइन, संकटमा परेका हरेक नेपाली नागरिकको रक्षा र सहयोगका लागि हातेमालो गर्ने संकल्प गरौँ।

विपत्तिमा परेकाहरूको दुःखमा साथ दिऔँ, आवश्यक सहयोग गरौँ र मानवीय सेवाको भावनालाई अझ बलियो बनाऔँ। 🙏

भगवान् श्री पशुपतिनाथले विपत्तिमा परेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी एवं सबै नेपालीहरूको रक्षा गरून्। 🔱🙏

रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना! 🎀

09/08/2026
09/08/2026
09/08/2026

आमाको माया छात्रावासले मनायो १२औं स्थापना दिवस
चरिकोट, २३ साउन। जनजाति कल्याण आश्रम नेपालको छत्रछायामा रहेको आमाको माया छात्रावास, चरिकोटले
आफ्नो १२औं वार्षिकोत्सव उत्साहका साथ मनाएको छ।

शनिबार सदरमुकाम चरिकोटमा छात्रावास अध्यक्ष कृष्ण बहादुर गौतमको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन भीमेश्वर नगरपालिकाकी उप-प्रमुख कमला बस्नेतले गर्नुभएको थियो।
स्थापनादेखि हालसम्म छात्रावासले आर्थिक अवस्थाले पढ्न नसक्ने, आमा-बुबा गुमाएका र दुर्गम जनजाति बस्तीका बालबालिकाहरूलाई निःशुल्क आवास, खाना र शिक्षा प्रदान गर्दै आएको छ।

उप-प्रमुख बस्नेतले सम्बोधनका क्रममा भन्नुभयो,
"यस्ता संस्थाहरू नै समाजको असली मेरुदण्ड हुन्। सरकार र सबैको साथ चाहिन्छ।" कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, शिक्षक, पत्रकार र समाजसेवीहरूको
बाक्लो उपस्थिति रहेको थियो।

आयोजकले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै माया र सहयोगको अपेक्षा गरेको छ।

दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर ६ निवासी श्री महाङकाल प्रावी विद्यालयका प्रधानाध्यापक आदरणीय प्रमिला कार्की ज्...
02/05/2026

दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर ६ निवासी श्री महाङकाल प्रावी विद्यालयका प्रधानाध्यापक आदरणीय प्रमिला कार्की ज्यू र छोरा रिदम कार्की ज्यूको तर्फबाट Janajati Kalyan Ashram Nepal द्वारा संचालित आमाको माया छात्रावास , चरिकोट दोलखालाई एक थान साउण्ड सिस्टम सहयोग गरिदिनु भएकोमा छात्रावास परिवारको तर्फबाट हार्दिक आभार एवं धन्यवाद प्रकट गर्दछौं। आगामी दिनहरूमा पनि हजुरहरुको साथ सहयोग को अपेक्षा गर्दछौं ।🙏🙏🙏।
नेपाल आमाको जय !!!

Janajati Kalyan Ashram Nepal  आमाको माया छात्रावास , चरिकोट दोलखा , नेपाल काविद्यार्थी भाइहरूलाई शनिबारको दिन जीवन विज्ञ...
02/05/2026

Janajati Kalyan Ashram Nepal आमाको माया छात्रावास , चरिकोट दोलखा , नेपाल का
विद्यार्थी भाइहरूलाई शनिबारको दिन जीवन विज्ञान योग प्रयोगशाला चरिकोट सिम्पानी हलका योग गुरु
आदरणीय विष्णु बुढाथोकी ज्यू र ललिता बुढाथोकी ज्यू , छात्रावास संचालक समितीका उपाध्यक्ष आदरणीय शिव केसी ज्यु, आदरणीय बाबा केसी ज्यु, महाङ्काल प्रा वि का प्रधानाध्यापक आदरणीय प्रमिला कार्की ज्यु, लगायतका ब्यक्तित्वहरु छात्रावासमा आई विशेष भोजन गराई दिनु भएकोमा छात्राबास परिवारको तर्फबाट हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछौं। आगामी दिनहरुमा पनि हजुरहरूको साथ, सहयोग र स्नेह प्राप्त भईरहोस । धन्यवाद ।🙏🙏🙏 नेपाल आमाको जय!!!

Address

Dolakha

Telephone

+9779863228327

Website

Alerts

Be the first to know and let us send you an email when आमाको माया छात्रावास , चरिकोट दोलखा , नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category