08/08/2026
"जाऔं बालौं दीप त्यहाँ , जहाँ अझै अध्यारो छ "
आमाको माया छात्रावास चरिकोट दोलखाको १२ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न ।
जनजाति कल्याण आश्रम नेपालद्वारा संचालित आमाको माया छात्रावास चरिकोट दोलखाको वार्षिकोत्सब कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ । स्थापनाको ११ औं वसन्त पार गरि १२ औं वसन्तमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित कार्यक्रम आमाको माया छात्रावास दोलखाका अध्यक्ष श्री कृष्ण बहादुर गौतम ज्युको अध्यक्षतामा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि भिमेश्वर नगरपालिकाका उप-प्रमुख कमला बस्नेत ज्यु रहनु भएको थियो भने विशिष्ट अतिथिमा जनजाति कल्याण आश्रम नेपालका बागमती प्रदेश का अध्यक्ष एवं केन्द्रिय उपाध्यक्ष प्रमोद कुमार चौधरी ज्यु रहनु भएको थियो। त्यसै गरि शैलुङ्ग गाउपालिकाका उप-प्रमुख पार्वती कार्की ज्यु,श्री गरुड्दल गणका गणपति कर्णेल लोकसागर कटुवाल ज्यु , जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्का ज्यु, नेपाल पत्रकार माहासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल ज्यु , जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय नगरीय कार्य प्रमुख महेश अग्रवाल ज्यु , कल्याण आश्रमका राष्ट्रिय संगठन सचिव मिलन भट्ट ज्यु, कल्याण आश्रम नेपालका बिभाग संगठन सचीव चन्दन मण्डल ज्यु, गौरीशंकर बहुमुखी क्याम्पसका सहायक प्रमुख बालकृष्ण फुयाल ज्यु लगायत शैक्षिक, सामाजिक , राजनितीक,धार्मिक एवं समाजका प्रतिष्ठित ब्याक्तित्वहरुको उपस्तिथि रहेको थियो ।
बिगत लामो समयदेखि छात्रावासको माध्याम बाट आर्थिक अवस्था कमजोर, शैक्षिक क्षेत्र बाट बन्चित, अभिभावक बिहिन र आदिवासी जनजाति क्षेत्रका बालबालिकाहरुलाई नि:शुल्क शिक्षा दीक्षा तथा लालपालन गर्दै आईरहेको छ । कार्यक्रमका प्रमुख अतिथि ज्युले भविष्यमा यस छात्रावासको माध्यम बाट समाज र देशले एक राष्ट्रहितको कार्य गर्ने आशा व्यक्त गर्नुभएको थियो। साथै यस कार्यक्रमलाई सभ्य भब्य र सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्ण छात्रावास कमिटी,दानदाता महानुभाव,सुरक्षा निकाय ,विभिन्न संघ संस्था तथा पत्रकार ज्युहरु प्रती हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछौं । यहाँहरुको साथ सहयोग र मायाले आज यो स्थनसम्म पुग्न सफल भएका छौ । यसै गरि आगामी दिनहरुमा पनि हजुरहरुको साथ, सहयोग, माया र स्नेहको अपेक्षा गर्दछौ ।
नेपाल आमाको जय 🙏🙏🙏