02/04/2026
गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (Gurung Tourism Entrepreneurs’ Association, Nepal -GTEAN) को चौधौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी एवं सदस्यज्यूहरूलाई आज एक विशेष समारोहका बीच पदभार हस्तान्तरण गरिएको छ।
ठमेलस्थित होटल मनाङमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष श्री पिताम्बर गुरुङज्यू नेतृत्वको कार्यसमितिले नवनिर्वाचित अध्यक्ष श्री बाबुराम गुरुङज्यू नेतृत्वको कार्यसमितिलाई संस्थाको जिम्मेवारी र कार्यभार औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा जीटिनका संस्थापक अध्यक्ष श्री कुलबहादुर गुरुङज्यूले नवनिर्वाचित टिमलाई बधाई दिँदै संस्थालाई सधैं एकढिक्का बनाएर अघि बढाउन अनुरोध गर्नुभयो।
पदभार हस्तान्तरण गर्नुहुँदै निवर्तमान अध्यक्ष श्री पिताम्बर गुरुङज्यूले आफ्नो कार्यकालमा सहयोग पुर्याउने कार्यसमिति र सल्लाहकारहरूलाई धन्यवाद दिँदै नयाँ कार्यसमितिको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
पदभार ग्रहण गर्नुहुँदै नवनिर्वाचित अध्यक्ष श्री बाबुराम गुरुङज्यूले संस्थाको स्थापना र विकासमा अग्रजहरूले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले आफ्नो कार्यकालमा विधान संशोधन, मजदुर कोष सञ्चालन कार्यविधि निर्माणका साथै GTEAN ले प्रवर्द्धन गरेको 'गुरुङ हेरिटेज ट्रेल', पूर्वको 'रेड पाण्डा पदमार्ग' र 'सभापोखरी (लालीगुराँसको राजधानी) क्याम्पिङ पदमार्ग' जस्ता नयाँ गन्तव्यहरूको प्रचार-प्रसार र विकासमा सक्रिय रहने कार्ययोजना प्रस्तुत गर्नुभयो।
नयाँ कार्यसमितिलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनमा GTEAN ले पर्यटन क्षेत्रमा अझ नयाँ उचाइ हासिल गर्ने विश्वास लिएका छौँ।
नवनिर्वाचित कार्यसमिति:
१) श्री बाबुराम गुरुङ – अध्यक्ष
२) श्री बिन्दुमाया गुरुङ – प्रथम उपाध्यक्ष
३) श्री डिल बहादुर गुरुङ – द्वितीय उपाध्यक्ष
४) श्री संजीव गुरुङ – महासचिव
५) श्री विकास गुरुङ – सचिव
६) श्री अम्बिर गुरुङ – कोषाध्यक्ष
७) श्री महाबिर गुरुङ – सह-कोषाध्यक्ष
८) श्री धन बहादुर गुरुङ – सदस्य
९) श्री राजु गुरुङ – सदस्य
१०) श्री संजीब गुरुङ – सदस्य
११) श्री निर्मल गुरुङ – सदस्य
१२) श्री दुर्गा गुरुङ – सदस्य
१३) श्री बिमला गुरुङ – सदस्य
१४) श्री भिम बहादुर गुरुङ – सदस्य
१५) श्री हरी बहादुर गुरुङ – सदस्य
कार्यसमितिको पहिलो बैठकद्वारा गठित विभिन्न समितिहरू मनोनित गरिएको छ:
सल्लाहकारहरू:
१) कुल बहादुर गुरुङ, २) टिकाराम गुरुङ, ३) कमला गुरुङ, ४) अम्बिर बहादुर गुरुङ, ५) ईश्वर कोने गुरुङ, ६) धन बहादुर गुरुङ, ७) डा. टेक बहादुर गुरुङ, ८) गीता गुरुङ, ९) नारायण कोने गुरुङ, १०) तेज बहादुर गुरुङ, ११) किसन गुरुङ, १२) अविनास चन्द्र गुरुङ
मिडिया डेस्क:
१) जुली गुरुङ – संयोजक
२) नवीन बाबु गुरुङ – सह-संयोजक
जीटिन सद्भावना दूत (GTEAN Ambassador):
१) गरिमा गुरुङ