सुन्दर पाल्पा

सुन्दर पाल्पा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सुन्दर पाल्पा, Palpa, Tansen.

28/03/2026

पाल्पा उधोग वाणिज्य संघ निर्वाचन क्षेत्र नं १०
नम्रता श्रेष्ठ २४
शुरेश गोदार ५१ विजयी
नविन घिमिरे ४
विदुर घिमिरे ५७ विजयी
सागर खड्का ४२

19/02/2026

देशको समृद्धि, स्थिरता र दिगो विकासका लागि
कांग्रेसलाई भोट

16/01/2026

नेपाली सेनाको नाच

16/01/2026

जय नेपाली सेना ।

इण्डियल आइडल प्रशान्त  तामाङको निधन प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु🙏
11/01/2026

इण्डियल आइडल प्रशान्त तामाङको निधन प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु🙏

चर्चित गायक प्रशान्त तामाङको हृदयाघातको कारण निधन भएको छ, हार्दिक श्रद्धाञ्जलि! 😢🤍

पाल्पा जिल्लाको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको भैरवस्थान मन्दिर विगत १८ महिनादेखि व्यवस्थापन समिति बिना सञ्चालन हुँदै...
06/01/2026

पाल्पा जिल्लाको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको भैरवस्थान मन्दिर विगत १८ महिनादेखि व्यवस्थापन समिति बिना सञ्चालन हुँदै आएको छ। दलीय सहमति नजुट्दा पटक–पटक भएका छलफल र वार्ता निष्कर्षमा पुग्न नसकेपछि समिति गठन हुन सकेको छैन।

समिति नहुँदा मन्दिरको नियमित व्यवस्थापन, संरक्षण, आर्थिक सञ्चालन र दीर्घकालीन योजना प्रभावित बनेका छन्। यस अवस्थालाई लिएर स्थानीयवासी तथा भक्तजनहरूबाट धार्मिक आस्थामाथि राजनीतिक हस्तक्षेप भएको भन्दै आलोचना बढ्दै गएको छ।

12/12/2025
पाल्पा दुर्घटना अपडेट दुई जनाको मृतकको सनाखत  पाल्पा, मंसिर २६ । सुनिल कार्की \पूर्वी पाल्पाको निस्दी गाउँपालिका –४ चिउर...
12/12/2025

पाल्पा दुर्घटना अपडेट दुई जनाको मृतकको सनाखत
पाल्पा, मंसिर २६ ।
सुनिल कार्की \
पूर्वी पाल्पाको निस्दी गाउँपालिका –४ चिउरीबासमा आज भएको जिप दुर्घटनामा ज्यान गुमाएर तीन जना मध्ये दुई जनाको सनाखत भएको छ ।
ज्यान गुमाउनेमा निस्दी ४, मित्याल बस्ने वर्ष ४५ की ओम कुमारी खाम्चा, नवलपरासी पुर्व विनयीत्रेवेणी २ घर भएकी वर्ष ३६ की हेम कुमारी सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुने अर्की एक महिला रहेको पहिचान खुलेको तर नाम थर र ठेगाना भने खुल्न नसकेको जिल्ला पहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । नवलपरासी पुर्व अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ गईरहेको लु १ ज ३९०८ नम्वरको फोर्स जिप आज विहान १० बजेको समयमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनास्थलबाट उद्धार गरिएका ८ जना घाईतेहरुको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भईरहेको छ । यात्रु ओराल्ने क्रममा रोकी राखेके जिप एक्कासी अनियन्त्रीत भइ सडकबाट झण्डै ८ सय मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुशन्धानले देखाएको छ ।
दुर्घटनाको अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

पाल्पाको मित्यालमा जिप दुर्घटना, तीन जनाको मृत्यु  पाल्पा,मंसिर २६ । सुनिल  काकी । पूर्वी पाल्पाको निस्दी गाउँपालिका स्थ...
12/12/2025

पाल्पाको मित्यालमा जिप दुर्घटना, तीन जनाको मृत्यु
पाल्पा,मंसिर २६ ।
सुनिल काकी ।
पूर्वी पाल्पाको निस्दी गाउँपालिका स्थित मित्याल अरुणखोला सडक अन्तर्गत निस्दी ४ मित्यालमा जिप दुर्घटना हुँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको छ ।
पाल्पाको मित्याल देखि नवलपुर जिल्लाको लागि छुटेको लु १ ज ३९०८ नम्बर को फोर्स जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले जनाएको छ । उक्त सडकको चिउरेबास पहिलो घुम्ती नजिक एकल फुक्सी भन्ने ठाउँमा रोकेर मान्छे झार्ने क्रममा झन्डै ६ सय मिटर तला खोल्सामा जिप खसेको हो । जिपमा कति यात्रु सवार थिए भन्ने यकिन नभए पनि ५ जना घाइतेलाई भने उद्धार गरि रामपुर अस्पताल पठाइएको छ । घाइतेको स्थानिय र मित्याल प्रहरी चौकीबाट खटिएको टोलीले उद्धार जारी राखेका छन । दुर्घटना भएको स्थल आग्लो भिर भएकोले उद्धारमा कठिनाइ भएको मित्यालका स्थानिय पुनाराम सुनारीले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुशन्धान गर्न इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरिक्षकको कमाण्डमा थप टोली खटिएको छ ।
दुर्घटनामा मृत्यु भएका तीन जनाको भने परिचय खुल्न सकेको छैन ।

06/12/2025

पाल्पाली करुवा उद्योग संकटमा । Sunil karki

करुवा बनाउँदै तानसेन टक्सारका ८५ वर्षीय मंगल प्रसाद बज्राचार्य र उनको परिवार ।
06/12/2025

करुवा बनाउँदै तानसेन टक्सारका ८५ वर्षीय मंगल प्रसाद बज्राचार्य र उनको परिवार ।

Address

Palpa
Tansen
DHARAMPANI

Telephone

+9779857078894

Website

Alerts

Be the first to know and let us send you an email when सुन्दर पाल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share