16/10/2025
लुम्बिनी अवलोकन भ्रमणमा उपस्थित कक्षा ७ र ८ का विद्यार्थीले भगवान बुद्धसँग सम्बन्धित पवित्र स्थलको शैक्षिक भ्रमण गरिरहेका छन । यहाँको शान्त वातावरण र बुद्धका उपदेशले सबैजना उत्साहित छन् । उहाँको जीवनले दया, करुणा र सत्यको बाटोमा हिँड्न प्रेरणा दिएको छ । यो भ्रमणले सबैलाई ज्ञानका साथसाथै आत्मिक शान्तिको अनुभूति गराएको छ ।