Hotel Prince and Lodge Charikot ,Dolakha

Directions

Hotel Prince  and Lodge Charikot ,Dolakha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hotel Prince and Lodge Charikot ,Dolakha, Hotel, Charighyang Road, Charikot.

03/09/2026

दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको पाँचौँ वार्षिक साधारणसभाको

दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको पाँचौँ वार्षिक साधारणसभा संघका अध्यक्ष श्री कुमार श्रेष्ठज्यूको अध्यक्षतामा दोलखा सदरमुकाम चरिकोटस्थित होटल दरबार तथा पार्टी प्यालेस एण्ड मिटिङ हलमा भव्य एवं सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो।

सभामा प्रमुख अतिथिका रूपमा भीमेश्वर नगरपालिकाका नगर प्रमुख श्री ईश्वरनारायण मानन्धरज्यू, विशेष अतिथिका रूपमा होटल एसोसिएसन नेपाल बागमती प्रदेशका उपाध्यक्षज्यू, दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका सल्लाहकार तथा संस्कृतिविद् श्री शान्तकृष्ण श्रेष्ठज्यू, काठमाडौं जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष श्री सुरेश बरालज्यू, नागरिक समाजका अध्यक्ष श्री दीपशंकर चौलागाईं ज्यू, लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा संघका सम्पूर्ण पदाधिकारी, कार्यसमिति सदस्य एवं सदस्य होटल व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूले वार्षिक साधारणसभाको अवसरमा दोलखा जिल्लाको पर्यटन विकास, होटल तथा पर्यटन व्यवसायको प्रवद्र्धन, व्यवसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धि तथा दोलखालाई बागमती प्रदेशको पर्यटन राजधानीका रूपमा विकास गर्नुपर्ने आवश्यकता सम्बन्धमा महत्वपूर्ण धारणा तथा सुझावहरू प्रस्तुत गर्नुभयो।

विशेषगरी वक्ताहरूले दोलखा जिल्ला प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले अत्यन्तै समृद्ध जिल्ला रहेको उल्लेख गर्दै जिल्लाभित्र रहेका भीमेश्वर, कालिञ्चोक, शैलुङ, जिरी, बिगु, गौरीशंकर, तामाकोशी, लामाबगर, सिँगटी, जुगु, लाप्ची लगायतका विविध पर्यटकीय क्षेत्रहरूको योजनाबद्ध रूपमा प्रचार–प्रसार तथा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो।

दोलखा जिल्लामा धार्मिक तथा सांस्कृतिक पर्यटनसँगै प्राकृतिक सौन्दर्य, पदयात्रा, साहसिक पर्यटन, हिमाली पर्यटन तथा स्थानीय मौलिक संस्कृति र खानाका माध्यमबाट पर्यटन विकास गर्ने पर्याप्त सम्भावना रहेको विषयमा समेत छलफल भयो। साथै जिल्लामा सडक तथा यातायातको पहुँच, होटल तथा आवास सुविधा, खानपान, पर्यटकलाई आवश्यक सेवा–सुविधा तथा अन्य पर्यटन पूर्वाधार क्रमशः विस्तार हुँदै गएकाले दोलखालाई बागमती प्रदेशको पर्यटन राजधानीका रूपमा स्थापित गर्न उपयुक्त आधार तयार भइसकेको निष्कर्ष प्रस्तुत गरियो।

सभाले दोलखा जिल्लालाई बागमती प्रदेशको पर्यटन राजधानीका रूपमा विकास तथा घोषणा गर्न सम्बन्धित प्रदेश सरकार, स्थानीय तह, संघीय सरकार तथा अन्य सरोकारवाला निकायसँग आवश्यक पहल, समन्वय र सहकार्य गर्ने विषयलाई विशेष प्राथमिकताका साथ अघि बढाउने निर्णय गर्‍यो।

त्यसैगरी होटल तथा पर्यटन व्यवसायलाई थप व्यवस्थित, गुणस्तरीय, मर्यादित र पर्यटकमैत्री बनाउँदै व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने, सदस्यता विस्तार तथा नवीकरणलाई प्रभावकारी बनाउने, व्यवसायीहरूको हकहित संरक्षण गर्ने तथा जिल्लाका पर्यटकीय गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्ने विषयमा समेत सभामा गम्भीर छलफल भयो।

सभामा संघका महासचिव श्री पदम (कुमार) बस्नेतज्यूले संघको वार्षिक प्रगति, योजना तथा आगामी कार्यदिशासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष श्री सागर प्रधानज्यूले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रस्तुत प्रतिवेदनहरूमाथि आवश्यक छलफल, सुझाव तथा समीक्षा गरी साधारणसभाबाट अनुमोदन गरियो।

प्रमुख अतिथि ,विशिष्ट अतिथि तथा अतिथिहरुले दोलखाको पर्यटन विकास र होटल व्यवसायको वर्तमान अवस्था, सम्भावना तथा आगामी कार्यदिशाका विषयमा आफ्नो धारणा राख्नुभयो। साथै दोलखा जिल्लाका स्टार होटलका सञ्चालक श्री दिनेश बस्नेत ज्यूले होटल व्यवसायको विकास, गुणस्तरीय सेवा तथा पर्यटकलाई आवश्यक सुविधा उपलब्ध गराउने विषयमा महत्वपूर्ण सामग्री तथा सुझाव प्रस्तुत गर्नुभयो।

सभाले आगामी दिनमा जिल्लाको पर्यटन प्रवद्र्धन, होटल तथा पर्यटन व्यवसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धि, सदस्यता तथा नवीकरण, व्यवसायीहरूको हकहित संरक्षण, पर्यटकमैत्री सेवा विस्तार, पर्यटन पूर्वाधार विकास तथा सम्बन्धित सरकारी, गैरसरकारी एवं निजी क्षेत्रसँगको समन्वयलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गर्‍यो।

सम्मान कार्यक्रम

पाँचौँ वार्षिक साधारणसभाको अवसरमा संघको स्थापना तथा संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने संस्थापक सदस्य श्री तुलसीबहादुर बुढाथोकीज्यू र श्री पुष्पलाल कायस्थज्यूलाई सम्मान गरियो।

त्यसैगरी उत्कृष्ट होटल व्यवसायीका रूपमा होटल दरबार पटिप्यालेस ,होटल न्यू रयाडिसन तथा होटल एस एस किङ्सका सञ्चालक श्री शंकर बस्नेतज्यूलाई सम्मान गरिएको थियो। उहाँहरूको योगदानले होटल तथा पर्यटन व्यवसायको संस्थागत विकास र संघको सुदृढीकरणमा महत्वपूर्ण सहयोग पुगेको सभाले स्मरण गर्‍यो।

निर्णय तथा निष्कर्ष

सभामा सहभागी सम्पूर्ण होटल तथा पर्यटन व्यवसायी सदस्यहरूको सक्रिय सहभागितामा संघको पाँचौँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भयो। सभाले दोलखाको पर्यटन विकासलाई जिल्लाको आर्थिक तथा सामाजिक समृद्धिको प्रमुख आधारका रूपमा अघि बढाउने र होटल तथा पर्यटन व्यवसायलाई थप व्यवस्थित एवं गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्‍यो।

विशेषगरी दोलखाको सामाजिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक तथा प्राकृतिक विविधता, पर्यटकीय सम्भावना, यातायात तथा सडक पहुँच, होटल तथा आवास सुविधा, खानपान तथा पर्यटकलाई आवश्यक सेवा–सुविधा उपलब्ध रहेको अवस्थालाई मध्यनजर गर्दै दोलखालाई बागमती प्रदेशको पर्यटन राजधानीका रूपमा स्थापित गर्न संघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरियो।

यसका लागि प्रदेश सरकार, स्थानीय तह, संघीय सरकार, पर्यटनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज तथा सम्पूर्ण पर्यटन व्यवसायीहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै “पर्यटन राजधानी दोलखा” अभियानलाई योजनाबद्ध रूपमा अघि बढाउने निर्णयसमेत सभाले गरेको व्यहोरा यस माइनुटमा अभिलेख गरियो।

अन्ततः पाँचौँ वार्षिक साधारणसभा सौहार्दपूर्ण, व्यवस्थित तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भई संघको आगामी कार्यदिशाका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गर्दै समापन भएको व्यहोरा प्रमाणित गरिन्छ।

HOTEL PRINCE & LODGE🌶️ दोलखाको स्वादिष्ट घरायसी अचार 🌶️स्वाद पनि, सम्झना पनि!📞 सम्पर्क: 9844146767
14/08/2026

HOTEL PRINCE & LODGE
🌶️ दोलखाको स्वादिष्ट घरायसी अचार 🌶️
स्वाद पनि, सम्झना पनि!
📞 सम्पर्क: 9844146767

14/08/2026
🌸 हार्दिक बधाई तथा शुभकामना 🌸मिति २०८३ वैशाख ३१ गते सम्पन्नदोलखा उद्योग वाणिज्य सङ्घको २५औँ वार्षिक साधारण सभा तथा १६औँ ...
15/05/2026

🌸 हार्दिक बधाई तथा शुभकामना 🌸

मिति २०८३ वैशाख ३१ गते सम्पन्न
दोलखा उद्योग वाणिज्य सङ्घको २५औँ वार्षिक साधारण सभा तथा १६औँ अधिवेशनबाट
दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष
आदरणीय कुमार श्रेष्ठ ज्यू
उद्योग वाणिज्य सङ्घको कार्यसमिति सदस्य पदमा नवनिर्वाचित हुनुभएकोमा
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

यहाँको नेतृत्व, सक्रियता तथा अनुभवले व्यवसायीहरूको हकहित संरक्षण, पर्यटन प्रवर्द्धन र जिल्लाको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ।

✨ सफल, सक्षम तथा उपलब्धिमूलक कार्यकालको शुभकामना ✨

शुभेच्छुक
पदम बस्नेत
महासचिव
दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घ
चरिकोट, दोलखा

28/04/2026
17/01/2026

हरेक यात्रुको
एउटा भरपर्दो बासस्थान चाहिन्छ।

जहाँ खाना स्वादिलो होस्,
वातावरण शान्त होस्
र सेवा आत्मीय होस्।

त्यो नाम हो —
Hotel Prince & Lodge।
यहाँ पाइन्छ
तयारी थकाली खाना,
आरामदायी कोठा
र न्यानो आतिथ्य।

Hotel Prince & Lodge,
Charikot,Dolakha
9844146767

13/01/2026

Check out Hotel Prince ,Charikot Dolakha’s video.

Address

Charighyang Road
Charikot
45500

Website

Alerts

Be the first to know and let us send you an email when Hotel Prince and Lodge Charikot ,Dolakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category