11/04/2017
डडेल्धुरा, चैत २२ । नयाँबर्ष २०७४ को बिशेष अवसरमा डडेल्धुरा जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरुको पहिचान गराउने उद्देश्यले यही चैत्र २९ गते खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।
17813720_1409400715776624_1367670537_nजिल्ला खेलकुद बिकास समितिको आयोजना जिल्लामा पहिलो पटक ‘दौडिन्छ डडेल्धुरा’ हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको हो ।
मंगलबार आयोजित पत्रकार सम्मेलन कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजेन्द्र बहादुर मगरले प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाइ क्रमश नगद १६ हजार, आठ हजार र चार हजार पुरस्कार प्रदान गरिने बताएका छन् ।
यसैगरि महिला सहभागीता प्रोत्साहन स्वरुप पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद चार हजार, दुईहजार र एक हजार पुरस्कार प्रदान गरिने समेत उनले बताएका छन् ।
८ किलोमिटरको चैत्र २९ गते विहान ७ बजे अमरगढी किल्लाबाट सुरु हुने उक्त प्रतियोगिता तुफानडाडा, किर्तिपुर, रातो गुरास, डकले, रातोगुन, उग्रतारा डकले हुदै रातो गुरास रिसोर्टमा पुगेर समापन हुने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
रातो गुरास रिसोर्ट प्रालिको मुख्य प्रायोजक रहने हाफ म्याराथनमा बिग क्याट ईन्टरनेशनल प्राली, चाँदनी कन्सट्रक्सन कम्पनी प्राली, बिराट फैन्सि स्टोर, शिशिर फैन्सी स्टोर, आलोक निर्माण सेवाा, उग्रतारा मिनरल वाटर, सनराईज बैंक लिमिटेड डडेल्धुरा लगाएत सहयोगी भुमिकमा रहने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मगरले जानकारी दिएका छन् । उनले प्रतियोगितामा विभागिय टोलीका साथै कर्मचारी, पत्रकार, बैंकर्ष, उद्योगी व्यवसायी तथा आम जनसमुदायबाट गरि १ सय १५ जना भन्दा बढीको सहभागिता रहने जानकारी दिएका छन् ।
खासगरी सुदुरपश्चिमको पहाडी जिल्लाको केन्द्र बिन्दुको रुपमा रहेको डडेल्धुरामा नँया वर्षको आगमन संगै जिल्लाको पर्यटन, वातावरण, शिक्षा, स्वास्थ्य, खेलकुद लगाएत यस्तै यस्तै क्षेत्रको बिकासका लागी सकारात्मक सोचका साथ डडेल्धुरा दौडिन्छ भन्ने उद्देश्यका ‘दौडिन्छ डडेल्धुरा’ हाफ म्याराथन प्रतियोगिता संचालन हुन लागेको प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा रहेको रातो गुराँस रिसोर्ट प्रालीका प्रबन्धक प्रमोद जोशीले बताएका छन् ।
यी क्षेत्रको बिकास गर्नु जिल्लाका युवाहरुको उद्धघोष रहेको समेत प्रबन्धक जोशी बताएका छन् । दौडिन्छ डडेल्धुरालाई आगामी वर्ष पनि निरन्तरता दिने आयोजक र मुख्य प्रायोजकले जनाएको छ ।