New Arghakhanchi hotel and lodge

New Arghakhanchi hotel and lodge 24 hours lodge service open

11/09/2023

 बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको  २६ लाख रुपैयाँसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् ।

10/09/2023

उहिलेको कथा

हुन त साधारण लाग्छ यो क्यासेट प्लेयर हेर्दा । तर मसंग यसको गहिरो कथा गाँसिएको छ । तसर्थ लेख्न मन लाग्यो ।

यो नेशनल प्यानासोनिकको ५३१० मोडलको क्यासेट प्लेयर हो । जापानमा बि.सं. २०३१ सालतिर बजारमा निस्किएको थियो । त्यसको केही समयमा नै हङकङका लाहुरेहरुको साथ नेपाल भित्रिन थाल्यो । लाहुरे छुट्टीमा नेपाल फर्कदा बिभिन्न सामानको साथ यो पनि साथ लिएर आएका हुन्थे । जसले गर्दा नेपालमा पनि निकै प्रचलित भएको थियो । नेपालीहरुले पनि ५३१० मा गीत घन्काउन पाएका थिए ।

यो क्यासेट प्लेयर २०३४-३५ सालतिर हाम्रो पनि घरमा बज्न थालेको थियो । तर यो क्यासेट प्लेयर हाम्रो हात लाग्नुको पछाडि मिठो भनौ वा नमिठो कथा पनि गाँसिएको थियो । हामीले यो क्यासेट रहरले होइन बाध्यताले लिएका थियौ । अझ भनौ भने निकै महंगो परेको थियो हाम्रो लागि यो क्यासेट प्लेयर ।

२०२२-२३ सालतिर मेरो ठूलोबुबाले मेरो बुबालाई निकै लालच देखाएर पोखरा नजिकैको अर्घौमा रहेको करिव १२० रोपनी जमिनमा हेरचाह तथा खेतीपाटी गर्ने जिम्मा दिनुभएको थियो । ठूलो बुबाले आधा जमिन हामीलाई दिने लालच दिए पछि बुबा आफ्नो भएको ब्यापार छोडेर, ब्यापारमा भएको पैसा बोकेर अर्घौ हानिनु भएको थियो । २ हल गोरु किनेर, २ जना हली पनि पालेर २-४ जना हेरालो समेत राखेर बुबा अर्घौ नै बस्न जानुभयो । जमिनको चारैतिर पर्खाल लगाएर समेत जमिन सुरक्षित बनाउनु भयो । एक डेढ वर्ष बित्यो तर ठूलो बुबाले जमिन दिन नै खोज्नु भएन । दिइ हाल्छु भन्ने तर दिन चाहना नगरे पछि बुबा फेरी सबै त्यागेर पोखरा फर्कनु भयो ।

ठूलो बुबा समय समय पोखरा आउनु हुन्थ्यो । अर्घौ पुगेर जमिनको बारेमा बुझ्नुहुन्थ्यो । छिमेकीहरुसंग सरसल्लाह गरि फेरी बिराटनगर फर्कनु हुन्थ्यो । बुबालाई लालच देखाएको १० वर्ष पछि ठूलो बुबाले हामी कसैलाई पनि थाहा नै नदिइ बिस्तारै जमिनहरु बेच्न थाल्नुभयो । यो कुरा थाहा पाउनुभए पछि आमा निकै रिसाउनु भयो । अन्तमा ठूलो बुबाले दश रोपनी जमिन बुबालाई दिन तैयार हुनुभयो । हामी सबै खुशी भयौ । कागजपत्र गरिसक्नु भएको थिएन । तर पछि थाहा भयो । ठूलो बुबाले हामीलाई दिन्छु भनेको जमिन मोहीको हक लागेको जमिन रहेछ । मोहीले कुनै हालतमा पनि जमिन छोड्न चाहेन ।

त्यही नजिकै रहेको सम्पन्न लाहुरे शायद यहि मौकाको ताकमा थियो । उसले बुबालाई फकाएर १० हजार दिन्छु । उसंग म आफै मिलाउँछु भनेर फुत्कायो । करिव ५० वर्ष अगाडि १० हजार नै हात लागेको भए पनि निकै काम लाग्थ्यो । तर लाहुरेले यहि नेशनल प्यानासोनिक क्यासेट प्लेयरको रु २८०० मोल तोकेर अर्को २०० थपेर अहिले ३००० लिनु अरु महिनाको १००० गर्दै दिन्छु भन्यो । ठूलो बुबाले दिनै नखोजेको जमिनमा अलि अलि भए पनि पैसा हात पर्ने भयो भनेर बुबाले हुन्छ भन्नुभयो ।

अहिले त्यो जमिनको मुल्य रोपनीको एक करोड भन्दा बढि पर्दछ । हामीले करिव ३ रोपनी बराबरको मुल्यमा यो क्यासेट प्लेयर पायौ । जसले गर्दा यो क्यासेट प्लेयर आजको मुल्यले सोच्ने हो भने ३ करोड भन्दा बढि पर्यो । यदि त्यो समय त्यो लाहुरेले एकमुष्ठ दश हजार दिएको भए र त्यो पैसाले कतै जमिन किनेको भए पनि अहिले दश करोड भन्दा बढि पर्थ्यो । तर ..........
Sunil Ulak

07/09/2023

जेरुसा राई लाई चीतवन वरपर कहिकतै देख्नु भए वहांलाई रोकेर नजिकको प्रहरीमा सम्पर्क गरीदिनु होला।

Address

Lamahi 5 Dang
Dang District

Alerts

Be the first to know and let us send you an email when New Arghakhanchi hotel and lodge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category