Bhaludhunga community homestay Ilam6

Bhaludhunga community homestay Ilam6 community homestay at ilam.

09/01/2024

सुनको औंठी 💫 💍 ,
इलामको आलु 🥔 कृषक को,
५ महिना जति अघि
हराएको भए,
हामीले फेला पारेको छम्, आलु 🥔 को बोरामा,
हामीलाई सम्पर्क 📞 गर्नुहोला ।

नव बर्ष २०७९ को खुसियाली फ्रान्सेली पाहुनाहरुसङ्ग
14/04/2022

नव बर्ष २०७९ को खुसियाली फ्रान्सेली पाहुनाहरुसङ्ग

मानिसको शरीरभन्दा बाहिर कति समयसम्म बाँच्छ कोरोना भाइरस ?:विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बारे अझै पनि धेरै रहस्...
22/03/2020

मानिसको शरीरभन्दा बाहिर कति समयसम्म बाँच्छ कोरोना भाइरस ?:
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बारे अझै पनि धेरै रहस्य खुल्न बाँकी छ । तर यो भाइरस मानिसको शरीरभन्दा बाहिर पनि जीवित रहन सक्छ भन्ने पुष्टि भइसकेको छ । त्यसैले मानिसहरुले मास्क लगाउने, ढोका खोल्दा कुहिनाले खोल्ने, प्रोटेक्टिभ कपडा लगाउने र संक्रामक रोगलाई रोक्न स्प्रे छर्किने गर्न थालेका छन् ।
श्वासप्रश्वाससम्बन्धी धेरै भाइरसजस्तै कोभिड–१९ पनि साना थोपाको माध्यमबाट स्वस्थ मानिसमा सर्छ । मानिसले खोक्दा वा हाच्छ्यूँ गर्दा यस्ता धेरै थोपाहरु नाक र मुखबाट बाहिर निस्किन्छन् । एकपटक मानिसले खोक्दा त्यस्ता तीन हजार थोपा निस्किन्छन् । यस किसिमका साना थोपाहरु अर्को मानिसका साथै कपडा र अन्य सतहमा पनि बस्न सक्छन् । तर केही साना जीवाणुहरु हावामै रहन सक्छन् ।

साथै दिसा पिसाबको माध्यमबाट पनि भाइरसका जीवाणु सर्न सक्छन् । त्यसैले शौचालय गएपछि अनिवार्य रुपमा हात धुने बानी बसाल्नुपर्छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार कुनै सतहमा छोएर आफ्नो अनुहारमा हात लैजानु भाइरस सर्ने प्रमुख तरिका भने होइन । तर पनि सीडीसी, विश्व स्वास्थ्य संगठनलगायतले नियमित हात धुने र सफाइ गर्नुका साथै दैनिक रुपमा त्यस्ता संक्रमण सर्न सक्ने सतहलाई संक्रमण फैलिन नदिने गरी स्प्रे गर्नाले भाइरसबाट बच्न सकिने बताएका छन् ।

सार्स र मार्सजस्ता भाइरसहरु धातु, सीसा र प्लाष्टिकको सतहमा नौ दिनसम्म जीवित रहन सक्ने केही अध्ययनले देखाएको छ । यस्तै कोरोना भाइरस कम तापक्रम भएको स्थानमा २८ दिनसम्म रहन सक्ने केहीले बताएका छन् ।

तर मानिसको शरीरभन्दा बाहिर कति समयसम्म बस्न सक्छ भन्ने स्पष्ट भइसकेको छैन ।

यसबारे अनुसन्धान भइरहेको छ । अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनएचआई) का शोधकर्ताले गरेको एक अनुसन्धानले कोरोना भाइरस हावामा तीन घण्टा रहन सक्ने पाइएको थियो । भाइरसको जीवाणु १ देखि ५ माइक्रोमिटरको मात्र हुन्छ । यो मानिसको कपालको मोटाइभन्दा ३० गुणा सानो हो ।

कागजपत्रमा यो भाइरस २४ घण्टा र प्लाष्टिक वा स्टिलको सतहमा २ देखि ३ दिनसम्म रहन सक्ने पाइएको थियो । यसबाट के कुरा थाहा हुन्छ भने कोरोना भाइरसको जीवाणु ढोकाको चुकुल, प्लाष्टिक र अन्य सतहमा पनि हुन सक्छन् ।

तामाको सतहमा भने करिब चार घण्टा पनि नै यो भाइरसका जीवाणु बाँच्न सक्दैनन् ।

यदि ६२–७१ प्रतिशत अल्कोहल भएको संक्रमण रोक्ने स्प्रेको प्रयोग गर्ने हो भने एक मिनेटभित्रै यो भाइरसको जीवाणु मर्न सक्छन् । धेरै तापक्रम र आद्रताले पनि कोरोना भाइरसको जीवाणुलाई छिटो मार्न सक्छ । कोरोना भाइरसका जीवाणु ५६ डिग्री सेल्सियसभन्दा बढी तापक्रममा बाँच्न नसक्ने पाइएको छ ।
PS: अनलाइनखबर

Address

Gadithumka/6
Ilam

Telephone

+977 981-5990191

Website

Alerts

Be the first to know and let us send you an email when Bhaludhunga community homestay Ilam6 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share