04/09/2026
आज मिति २०८३ साल भाद्र १९ गते, बाढी प्रभावितको राहत तथा पुनस्र्थापनाको राहत प्रयासहरूमा साथ तथा सहयोग पु¥याउने उद्देश्यले सोल्टी होटल एण्ड रिर्सोटसले बाढी प्रभावितहरूको राहत तथा पुनस्र्थापनाका लागि नेपाल सरकारलाई १ करोड १ लाख रुपैयाँ सहयोग गर्दै सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । सो रकम सोल्टी होटल एण्ड रिर्सोटसका अध्यक्ष श्री दिनेश बहादुर बिष्ट तथा उपाध्यक्ष श्री सुदर्शन चापागाईंले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।
सोल्टी होटल एण्ड रिर्सोटस यस विपद्को कठिन घडीमा हाम्रो एकता र सामूहिक दृढताका लागि जनता तथा समुदायहरूसँग ऐक्यबद्ध प्रकट गर्दै दृढतापूर्वक साथ तथा मातृभूमि, नेपाली नागरिक तथा साझा भविष्यप्रतिको प्रतिबद्धता प्रकट गर्दछ ।