Hoshi shine boy’s hostel

Hoshi shine boy’s hostel सस्तों र सुविधायुक्त , हाईजेनिक खाना ?

🔥 जय बालेन सरकार ! जय घण्टी सरकार !! 🔔सरकार फेरियो, नारा फेरियो… तर जनताको चुलोको समस्या फेरिएन!विगत केही महिनादेखि जारी...
02/09/2026

🔥 जय बालेन सरकार ! जय घण्टी सरकार !! 🔔

सरकार फेरियो, नारा फेरियो… तर जनताको चुलोको समस्या फेरिएन!

विगत केही महिनादेखि जारी ग्यास अभाव पछिल्लो समय चरम अवस्थामा पुगेको छ। हाम्रो 30+ होस्टेल परिवारले पछिल्लो एक महिनामा एउटा मात्र ग्यास सिलिन्डर पाउन सकियो। अहिले हामीसँग भएको मौज्दात पनि केही दिनमै सकिँदैछ। त्यसपछि ग्यास कहिले पाइन्छ—थाहा छैन!

ग्यास डिलरलाई सोध्दा उहाँहरूको जवाफ पनि उस्तै छ—
“हामीलाई पनि ग्यास कहिले आउँछ थाहा छैन।”

अब यस्तो अवस्थामा हामीले नियमित रूपमा उपलब्ध गराउँदै आएको खाना तथा खाजाको मेन्युमा केही परिकार कटौती वा परिवर्तन गर्नुपर्ने हुन सक्छ। साथै, परिस्थिति सहज नहुन्जेल केही सशुल्क खानाका परिकारहरू उपलब्ध गराउन नसकिने जानकारी गराउन चाहन्छौँ।

यसबाट पर्न जाने असुविधाका लागि हामी हृदयदेखि नै क्षमाप्रार्थी छौँ।
हामी आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेका छौँ।
होशी साइन वोइस होस्टेल !

तर एउटा कुरा स्पष्ट छ—
यो समस्या हामीले सिर्जना गरेको होइन।

जनताको भान्सासम्म ग्यास पुर्‍याउन नसक्ने अवस्था आउनुमा सरकारी लाचारी, गैरजिम्मेवारी र व्यवस्थापनको कमजोरी जिम्मेवार छ।

सरकारज्यू,
फेसबुकमा स्टाटस लेखेर मात्र होइन,
जनताको चुलोमा आगो बालेर पनि सरकार भएको अनुभूति दिनुस्।

किनकि सरकारको वास्तविक परीक्षा
सिंहदरबारमा होइन,
सर्वसाधारणको भान्सामा हुन्छ।

🙏 हामी क्षमाप्रार्थी छौँ।
हामी सक्दो प्रयास गरिरहेका छौँ।
परिस्थिति सहज हुनेबित्तिकै सेवा पुनः सामान्य बनाउनेछौँ।

होशी साइन बोइस होस्टेल ! जय बालेन सरकार !

Address

Maitidevi
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Hoshi shine boy’s hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Hotel

Send a message to Hoshi shine boy’s hostel:

Shortcuts

Share

Category