18/09/2026
होस्टलका नियम तथा शर्तहरूपूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने छ ।।
१. होस्टल फि, प्रत्येक महिनाको १० गते भित्र अनिवार्य दिनुपर्ने छ।
२. होस्टलमा मध्यपान, धुम्रपान, लागूपदार्थ सेवन र कानूनले निषेध गरेका गैर कानूनी क्रियाकलाप गर्न गराउन पाईने छैन।
३. होस्टल हाताभित्र कसैको जन्मदिन मनाउँदा बेलुका ८ बजे भित्र मनाई सक्नुपर्ने छ।
४. विद्यार्थीले अनिवार्य रुपमा सिरक, तन्ना र सिरानीको कभर आफैँले ल्याउन पर्ने छ।
५. होस्टलमा कसैको पनि सिङ्गल कोठा नभएर संयुक्त कोठा हुँदा एकले अर्कालाई असर हुने क्रियाकलाप गर्न पाईने छैन।
६. आफ्नो सामानको सुरक्षा आफै गर्नुहोला।
७. होस्टल हाताभित्र अपरिचित व्यक्ति तथा साथीहरुलाई प्रवेश गराउन पाईने छैन।
८. कलेज समयमा बाहेक अन्य समयमा होस्टल बाहिर जानुपरेमा होस्टल संचालकलाई सोधि लगबुक भरेर मात्र जानुपर्ने छ।
९. कुनै जानकारी बिना खाजा, खाना खाने समय भन्दा ढिलो गरि आउने विद्यार्थीलाई खाजा, खाना दिन होस्टल बाध्य हुने छैन।
१०. आकस्मिक अवस्थामा बाहेक कसैको होस्टल छाड्नु परेमा कम्तिमा १० दिन अगाडी जानकारी गराउन पर्ने छ।
११. राति १० बजेपछि होस्टलमा शान्त वातावरण निर्माण गर्ने, एकले अर्कालाई असर हुने क्रियाकलाप नगर्ने।