26/08/2026
🚨 अत्यावश्यक सूचना: भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता! 🚨
आज (बुधबार) बिहान चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा एक्कासी ठूलो बाढी प्रवेश गरेको छ।
अहिलेसम्म प्राप्त तथ्यहरू:
बाढीले रसुवाको टिमुरे भन्सार क्षेत्र र स्याफ्रुबेँसी लगायतका स्थानमा ठूलो क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ।
टिमुरेको भन्सार संरचनामा क्षति पुगेको बुझिएको छ।
माथिल्लो भेगको अवस्था निकै नाजुक रहेको र क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रशासनले जनाएको छ|
रसुवा, नुवाकोट, धादिङ, गोरखा हुँदै चितवन (मुग्लिन) सम्म त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीको उच्च जोखिम छ।
नदीको जलस्तर अस्वाभाविक रूपमा बढेकाले कृपया अर्को सूचना नआउँदासम्म नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजानुहोला।
आफू सुरक्षित रहनुहोस् र तल्लो तटीय क्षेत्र (Downstream) मा बस्ने आफ्ना आफन्त तथा साथीभाइलाई पनि तुरुन्तै खबर गरी सुरक्षित स्थानमा बस्न आग्रह गर्नुहोस्।
आपत्कालीन सम्पर्क नम्बरहरू:
नेपाल प्रहरी: १००
सशस्त्र प्रहरी बल (उद्धारको लागि): १११४
राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (टोल-फ्री): ११४९
एम्बुलेन्स: १०२