23/08/2026
यही साउन २० गतेदेखि कैलाश मानसरोवरको धार्मिक भ्रमणमा जानुभएका श्री एस.के. राना र उहाँकी श्रीमतीज्यू सहित क्लबका नौ जना सदस्यहरूले सफलतापूर्वक कैलाश मानसरोवर परिक्रमा गरी सकुशल फर्किनुभएकोमा एभरेष्ट क्लब तर्फबाट हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौँ।
समुद्र सतहबाट करिब ५,६२६ मिटरको उचाइमा रहेको कठिन डोल्मा पास सफलतापूर्वक पार गर्नुभएकोमा सम्पूर्ण तिर्थालु भक्तजनहरुमा विशेष बधाई छ। अझ विशेष रूपमा श्री एस.के. राना र उहाँकी श्रीमतीज्यू लाई हार्दिक बधाई तथा धन्यवाद।
नियमित व्यायाम, स्वस्थ जीवनशैली र आत्मविश्वासका कारण यस्तो कठिन यात्रा पनि सफलतापूर्वक पूरा गर्न सकिन्छ भन्ने प्रेरणा उहाँहरूले हामी सबैलाई दिनुभएको छ। स्वस्थ रहनु नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने सन्देश उहाँहरूको यात्राले दिएको छ।
सम्पूर्ण तिर्थालु भक्तजनहरुमा हार्दिक बधाई तथा आगामी दिनमा पनि सुस्वास्थ्य, सुख र सफलताको शुभकामना।