04/09/2026
आज मिति २०८३ साल भाद्र १९ गते, बाढी प्रभावितको राहत तथा पुनस्र्थापनाको राहत प्रयासहरूमा साथ तथा सहयोग पुर्याउने उद्देश्यले सोल्टी होटल एण्ड रिर्सोटसले बाढी प्रभावितहरूको राहत तथा पुनस्र्थापनाका लागि नेपाल सरकारलाई १ करोड १ लाख रुपैयाँ सहयोग गर्दै सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । सो रकम सोल्टी होटल एण्ड रिर्सोटसका अध्यक्ष श्री दिनेश बहादुर बिष्ट तथा उपाध्यक्ष श्री सुदर्शन चापागाईंले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।
सोल्टी होटल एण्ड रिर्सोटस यस विपद्को कठिन घडीमा हाम्रो एकता र सामूहिक दृढताका लागि जनता तथा समुदायहरूसँग ऐक्यबद्ध प्रकट गर्दै दृढतापूर्वक साथ तथा मातृभूमि, नेपाली नागरिक तथा साझा भविष्यप्रतिको प्रतिबद्धता प्रकट गर्दछ ।