24/11/2023
नेपाल स्काउटको निर्बाचन सम्बन्धि अत्यन्त जरुरी सुचना
आदरणीय राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक
तथा सम्पुर्ण स्काउटरहरु,
प्रस्तुत बिषयमा, मिति २०८० साल आश्विन २९ गते सोमबारका दिन बसेको नेपाल स्काउट, राष्ट्रिय तदर्थ समितिको बैठकको निर्णयानुसार नेपाल स्काउट ऐन २०५०, नेपाल स्काउट नियमावली २०७७ र नेपाल स्काउट निर्बाचन निर्देशिका २०७८ ले व्यवस्था गरे बमोजिम नेपाल स्काउटको स्थानिय परिषद्को निर्बाचन आगामी मिति २०८० पौष २७ देखि २९ सम्म तथा नेपाल स्काउटको प्रदेश परिषद्हरु र राष्ट्रिय परिषद्को निर्बाचन आगामी मिति २०८० माघ ०६ गते शनिबारका दिन गर्ने गरि तोकिएको व्यहोरा सम्बन्धित सबैमा निर्देशानुसार जानकारी गराईन्छ ।
साथै, उक्त निर्बाचनमा भाग लिनकालागि सम्पुर्ण राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक तथा स्काउटर हरुलाई आगामि मिति २०८० मंसिर ३० गते भित्र नेपाल स्काउटको अनलाईन सदस्यता दर्ता र्पोटल (Online Membership Registration System - OMRS) मा आफु र आफ्नो युनिट दर्ता गराउन हुन पनि यसै सुचना मार्फत अनुरोध गरिन्छ । अतः उल्लेखित मिति भन्दा पछि दर्ता हुन आएका युनिटका स्काउटरहरुलाई निर्बाचन प्रक्रियामा सहभागी गराउन नसकिने व्यहोरा समेत जानकारी गराईन्छ ।
अब उप्रान्त निर्बाचन सम्बन्धि अन्य सम्पुर्ण जानकारीहरु नेपाल स्काउट निर्बाचन निर्देशिका २०७८ ले व्यवस्था गरे बमोजिमकोे निर्बाचन समितिले प्रकाशन गर्ने निर्बाचन तालिका र सुचना हरुमा तोकिए बमोजिम हुने व्यहोरा जानकारी गराईन्छ । तर दर्ता नबिकरण सम्बन्धमा कुनै समस्या तथा जिज्ञासा भएमा नेपाल स्काउट, राष्ट्रिय प्रधान कार्यालय तथा सम्बन्धित प्रदेश स्काउट कार्यालयहरुमा सम्पर्क गर्नहुन सम्बन्धित सबैमा निर्देशानुसार अनुरोध छ ।
https://nepalscouts.org/news/नेपाल-स्काउटको-निर्बाचन/