12/07/2026
थानापति भिलेज रिसोर्टको भ्रमण तथा निरीक्षण गरिदिनुभएकोमा पूर्व अर्थ तथा परराष्ट्र मन्त्री, वरिष्ठ अर्थशास्त्री आदरणीय डा. प्रकाशचन्द्र लोहनी ज्यू र उहाँको सम्पूर्ण टोलीप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।
भ्रमणका क्रममा रिसोर्टको सेवा, व्यवस्थापन, स्वास्थ्य तथा सरसफाइ (Hygiene) लगायतका विषयमा उहाँहरूले दिनुभएको अमूल्य सल्लाह र मार्गदर्शन हाम्रा लागि अत्यन्तै उत्साहजनक र मार्गदर्शक रहेका छन्। उहाँहरूको यो गरिमामय उपस्थितिले हामीलाई भविष्यमा अझ परिस्कृत सेवा प्रदान गर्न थप ऊर्जा र हौसला प्रदान गरेको छ।