ओखलढुङ्गा टोक्सेल समाचार

ओखलढुङ्गा टोक्सेल समाचार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ओखलढुङ्गा टोक्सेल समाचार, Hotel, harkapur, Okhaldhunga.

ओखलढुंगा : एक हजार पर्ने पाल जिल्लामा ल्याएर भूकम्पपीडितसम्म पुर्‍याउँदा ३० हजार लाग्ने नयाँ रहस्या खुलेको छ। जिल्लामा ग...
07/05/2015

ओखलढुंगा : एक हजार पर्ने पाल जिल्लामा ल्याएर भूकम्पपीडितसम्म पुर्‍याउँदा ३० हजार लाग्ने नयाँ रहस्या खुलेको छ। जिल्लामा गठित सर्वदलीय दैवीप्रकोप उद्धार समितिको बैठकमा त्यसका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले यस्तो विवरण पेस गरेका हुन्।

'सामान्य अवस्थामा एक हजार पर्ने पाल र जिल्लामा आइपुगदा करिब ३० हजारको लागत पर्न आउँछ,' बैठकमा भट्टराईले भने। उनले जतिसुकै लागत परे पनि राहत सामग्री भने निरन्तर आइरहेको बताए।

काठमाडौंबाट जिल्लामा राहत सामग्री ल्याइए पनि सवारी साधनको अभावका कारण पीडितमाझ पुग्न ढिलाइ हुने गरेको छ। नेपाल रेडक्रस सोसाइटीका जिल्लाअध्यक्ष मोहन श्रेष्ठले जिल्लाका एक तिहाइ पीडित माझ मात्र पुग्न सकेको बताए। उद्धार समितिका अनुसार अहिलेसम्म ६ हजार पाल पीडितलाई वितरण गरिएको छ।

प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार अझै १४ हजार त्रिपालको आवश्यकता छ। एमाले केन्द्रयी लेखा आयोगका सदस्य शंकरबाहदुर कार्कीका अनुसार, यसबेला पीडितलाई पालको आवश्यकता छ।

उनीहरूले खाने कुराको माग गरेका छैनन्। बस्ने ओतको मात्र गरेका छन्। फूलबारी गाविसका स्थानीय बासिन्दासमेत रहेका कार्कीले बताए। केन्द्रीय दैवीप्रकोप उद्धार समितिले सेना तथा निजीका गाडी प्रयोग गरी सामन जिल्लामा ल्याउने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। निजी गाडीमा समेत राहत सामग्री राखेर ल्याउने गरेको छ।

काठमाडौंबाट कन्टेरमा राहत सामग्री लिएर आएका चालक रामहरि श्रेष्ठका अनुसार आफूहरूलाई प्रतिकन्टेनर एक सय ४६ रुपैयाँ प्रतिकिलोमिटिर भाडा दिने सर्तमा ओखलढुंगा ल्याइएको हो।

काठमाडौंबाट ओखलढुंगा सदरमुकाम कटारी हुँदै आउँदा पाँच सय ४३ किलोमिटर पर्छ। काठमाडौंबाट छोटो दूरीमा पर्ने खुर्कोटमाको बाटोमा ठूला गाडी आउन कठिन हुने भएकोले यो बाटो रोजिएको चालकहरू बताउँछन्।

सरकारले राहत लिएर आएको सेनाको गाडीमा भने इन्धन मात्र दिने व्यवस्था गरेको छ। केन्द्रीय देवीप्रकोप उद्धार समितिले राहत सामग्री जिल्लामा पठाए पनि पीडित क्षेत्रमा जान समस्य परेको छ।

पीडितसमक्ष पुर्‍याउनका लागि भूकम्प प्रभावित गाविसले नै भाडा तिर्ने व्यवस्था जिल्ला दैवीप्रकोप उद्धार समितिले गरेको छ। रकमान्तर गरेर भए पनि राहत कार्यमा आवश्यक रकम परिचालन गर्न गाउँ विकास समितिलाई अधिकार दिइएको छ। मंगलबार पनि राहत तथा उद्धार सामग्री सवारीसाधन नभएको कारण उठेको छैन।

राहत वितरणमा दलीय तानातान भएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले एकद्वार प्रणालीबाट मात्र राहत विरण गर्ने निर्णय गरेको छ। यसका लागि सम्बन्धित गाउँ विकास समितिका सचिवले नै राहत माग गर्ने र उसैले गाउँमा बुझ्ने व्यवस्था मिलाइएको छ।

गत शनिबार र आइतबार गएको भूकम्पमा परी यस जिल्लामा १९ जनाको ज्यान गएको छ भने ९० जना घाइते भएका छन्। जिल्लामा आठ हजार ८४ घर पूर्ण क्षति भएका छन् भने नौ हजार आठ सय ९० घर आंशिक क्षति भएका छन्।

07/05/2015

ओखल्ढुङ्गाको कटुन्जेमा बुधवार साझ परेको चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन्।
साझ साढे ५ बजे बर्षा संगै परेको चट्याङले लागेर कटुन्जे ५ की २६ बर्षिया भगवति बुढाथोकीको घटनास्थलमै ज्यान गएको हो। उनलाई छिमेकीको घरमा बसिरहेको अवस्थामा चट्याङले लागेको थियो।
त्यस्तै सोहि चट्याङ कटुन्जे १ का चन्द्र कार्कीको घरमा पर्दा उनको ४५ बर्षिया आमा मिठु माया कार्की, २४ बर्षिया बुहारी कल्पना कार्की र १३ बर्षिया भतिजि बिन्दा खत्री बेहोस भएका छन्। चट्याङ लगी बेहोस भएका तीनैको मिसन अस्पताल ओखलढुङ्गामा उपचार भईरहेको छ।

मंसिर-४, क्वालालम्पुर । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया गएका सैयौं नेपालीहरुको शवमात्रै फिर्ता जाने गरेको छ । पछिल्ल...
20/11/2014

मंसिर-४, क्वालालम्पुर । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया गएका सैयौं नेपालीहरुको शवमात्रै फिर्ता जाने गरेको छ । पछिल्लो चार महिनाको अवधिमा एक सय ६६ जना नेपालीको शव नेपाल पठाइएको नेपाली दूतावासले जनाएको छ । रोजगारीको शिलशिलामा यहाँ आएका नेपालीहरुको विभिन्न कारणले मृत्यु हुने गरेको छ । मृतकको परिवारलाई क्षतिपूर्ति तथा दुर्घटना विमा उपलब्ध गराउनको लागि पहल भइरहेको बताइएको छ । ५ हजार ७ सय ५५ नेपालीको उद्धारनेपाली दूतावास मलेसियाले चार महिनाको अवधिमा ५ हजार ७ सय ५५ अवैधानिक अवस्थामा रहेका नेपालीहरुको उद्धार गरी नेपाल फिर्ता पठाएको छ ।जुलाईदेखि अगष्ट सम्मका ३ हजार २ सय र मलेसिया सरकारले दिएको आममाफीको अवसर पारेर मलेसियामा कार्यरत कोपरासी इम्रिगेसनसँगको समन्वयमा थप अरुलाई उद्धार गर्न सफल भएको हो । यसैगरी जेल तथा डिटेन्सन क्याम्पमा रहेका ७६४ जना नेपालीहरुको उद्धार गरेको छ । दूतावासले पहिलो चौमासिक विवरण सार्वजनिक गर्दै अझै पनि विभिन्न कारणले जेल परेका तथा अवैधानिक अवस्थामा रहेकाले पक्राउ परि जेलमा रहेको नेपालीहरु ३२२ तथा डिटेन्सन क्याम्पमा २३७ जना रहेको जानकारी दूतावासलाई प्राप्त भएको जनाइएको छ । यसैवीच, दूतावासले जेलमा रहेकाहरुको लागि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ब्यक्ति तथा संघ संस्थाले दिएको टिकटवाट जेलमा रहेका ८३ जनालाई निःशुल्क रुपमा नेपाल फिर्ता पठाएको जनाएको छ । १७ वर्ष जेल सजायँ भोगेका तामाङलाई एकतर्फी यात्रा अनुमतिपत्रलागू पदार्थ वेचविखन तथा ओसरपसारको अपराधमा दोषी ठहर भई विगत १७ वर्षसम्म इण्डोनेशियाको जेलमा सजायँ अवधि पुरा गरेका सत्यदेवी ५ धादिङका वुधे तामाङलाई एकतर्फी यात्रा अनुमतिपत्र जारी गरेको जनाएको छ । विभिन्न रोजगार कम्पनीहरुले पेश गरेका १६४२ मागपत्रहरु प्रमाणित भैसकेको उल्लेख गरिएको छ ।

मंसीर 4 , पर्वत । फुटको श्रृंखला दोहोरिन लागेका बेला पर्वतका माओवादीले भने एकताका लागी अभियान चलाउन थालेका छन् । क्रान्त...
19/11/2014

मंसीर 4 , पर्वत । फुटको श्रृंखला दोहोरिन लागेका बेला पर्वतका माओवादीले भने एकताका लागी अभियान चलाउन थालेका छन् । क्रान्तिकारी शक्तिहरु फुटेर होइन, जुटेर मात्र क्रान्ति हुने भन्दै उनीहरुले पर्वतको कुश्मामा एक अन्तरक्रिया कार्यक्रम मार्फत एकताको पहल गरेका हुन् । जनक्रान्तिका महान् शहिद परिवार समाज, पर्वतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकांस नेता तथा कार्यकर्ताले पार्टी एकताको विकल्प नभएको निष्कर्ष सुनाएका थिए । कार्यक्रममा पर्वत जिल्लाभरीका माक्र्सवाद, लेनिनवाद र माओवाद मान्ने अधिकांस नेता तथा कार्यकर्ता सहभागी रहेको बताइएको छ । कुश्माको बन्दना होटलमा भएको सो कार्यक्रममा सहभागी शहिद परिवारले आफूहरुको आयोजनामा भएको कार्यक्रममा अनुपस्थित हुने केही नेता तथा कार्यकर्तालाई पार्टी एकता र क्रान्तिको विरोधीको संज्ञा दिएका छन् । पार्टीलाई उपयोग गरेर खाने गलत चिन्तन र प्रवृत्ति भएका कथित माओवादीकै कारण पार्टीको यो अवस्था आएको भन्दै उनीहरुले आक्रोश समेत व्यक्त गरेका थिए । पार्टी फुटको कारणबारे गम्भिरतापूर्वक छलफल गर्न माग गर्दै शहिद परिवारले आफ्नो परिवार गुम्दाभन्दा पार्टी फुट्दा बढी आँशु बगेको बताए । कार्यक्रममा एमाओवादी पर्वतका नेता केशवराज कुँवरले पार्टीलाई विपरितहरुको एकत्वको रुपमा लिन नसक्दा पार्टी विभाजनसम्म पुगेको बताए । जनयुद्धकालिन संरचना र सोचाईलाई समय अनुकुल परिवर्तन गरी पार्टीमा नयाँ संरचना र कार्यदिशा हुन नसक्नु नै पार्टी फुटको कारण भएको बताउँदै नेता कुँवरले अब नयाँ ढंगले छलफल र पहल गर्दै माओवादीहरु एक हुनुपर्ने आवश्यकता औँल्याए । नेकपा माओवादी पर्वतका नेता जयनारायण तिवारीले आफूले रु. दुईसय ५५ तलब खाँदा रु. एक सय पार्टीलाई दिएर ३४ सालदेखि निरन्तर कम्युनिष्ट पार्टीमा आवद्ध भएको स्मरण गर्दै अहिले विभाजित हुँदा दुःख लागेको बताए । बाँकी क्रान्ति पुरा गर्ने गरी एकतावद्ध भएर संघर्षका कार्यक्रम लिएर जाँदा जनताले अझै पनि साथ दिने विश्वास समेत तिवारीले व्यक्त गरेका थिए । अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सुदिप कुँवरले प्रतिक्रियावादीहरु बरु केन्द्रीत हुँदै परिवर्तनको विरुद्ध आएको तर क्रान्तिकारी र प्रगतिशिल शक्तिहरु बिकेन्द्रीत र विभाजित हुँदै गएकोमा दुःख व्यक्त गरे । युवा नेता कुँवरले पार्टी फुटेपनि समस्या समाधान हुन नसक्नुको कारण सोध्दै जनयुद्धबाट प्राप्त उपलव्धिको रक्षा र विकासका लागी व्यापक पहल र तयारी गर्नुपर्ने आवश्यकता रहेको बताए । पार्टीभित्र जन्मने विचार समूह वा गुटभित्रको छलफलबाट होइन, विपरीत विचारहरु बीचको संघर्षबाट मात्र नयाँ विचारको निर्माण हुने कुँवरको भनाई थियो । पूर्व सभाषद् गुणाखर बस्यालले कम्युनिष्टहरु एक पटक होइन, पटकपटकका अग्निपरीक्षामा पास हुनुपर्ने बताए । पार्टीभित्र वैचारिक स्वतन्त्रता र नियमित सक्रियता आवश्यक रहने उनको भनाई थियो । फिष्टाको जत्रो छाती बनाएर क्रान्ति अगाडी नबढ्ने भन्दै उनले वृहत रुपमा सोचेर सबैलाई एकतावद्ध गराउनुपर्नेमा जोड दिए । नेपालमा वैचारिक र राजनीतिक संकट परेको बताउँदै संकटलाई चिरेर अगाडी बढ्नुनपर्ने आवश्यकता औँल्याउँदै बस्यालले आफ्नो बाँकी जीवन पनि क्रान्तिमै समर्पित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा महेन्द्रजंग लामिछाने, रेशमलाल सापकोटा, कुश्माखर भुषाल, नविन पुन, कृष्ण पौडेल, याम विक, भूमिराज शर्मा, शहिद परिवार गुमा नेपाली लगायतले पार्टी एकताका आधारहरु खोज्दै पर्वत जिल्लामा माओवादीहरु एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । जनक्रान्तिका महान् शहिद परिवार समाज, पर्वतका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष नेत्रनाथ कुँवरले एकताको अभियानलाई अझै वृहत बनाएर लैजाने योजनामा आफूहरु रहेको बताए । एकता अभियानकै क्रममा आगामी पुस ११ गते माओजयन्तीको अवसरमा पुनः वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको उनले जानकारी पनि दिए । बुधबार भएको अन्तरक्रिया कार्यक्रमले ४ बुँदे प्रस्ताव तयार पारेको समेत उनको भनाई थियो । कार्यक्रमबारे कृष्ण बिकले प्रष्ट पारेका थिए ।

13/11/2014

बिवहा पहिला जान्नै पर्ने कुरा

एजेन्सी । स्त्रीहरुलाई बुझ्न कठिन छ भनिन्छ तर स्त्रीहरुलाई गारो छ पनि त्यसैले तपाइँको विवाह हुँदैछ छ भने स्त्रीको विषयमा केही जानकारी राखेर बिहे गर्दा दाम्पत्य जीवनमा राम्रो हुन्छ । यस्ता जानकारी नहुदा सम्बन्धमा अफ्ठेरो समेत पर्न सक्ने हुनाले हरेक केटीले गर्ने ७ ओटा गल्तीको विषयमा हामीले जानकारी दिन खोजेका छौ । १- आफ्ना साथीलाई भुल्ने: विवाह पछि अधिकाँश स्त्री आफ्ना पुराना साथीलाई भुल्दै जान्छन् । नयाँ सम्बन्ध र नयाँ साथी पाएपछि पुराना साथी विर्सने बानी हुन्छ स्त्रीहरुमा । तर जव नयाँ सम्बन्धमा समस्या आउँछ वा केही समस्या पर्छ त्यतिबेला भने महिला पुराना साथीलाई नै सम्झिन्छन् । केटाहरु भने महिलाको यस्तो बानीबारे जानकार हुँदैनन् । स्त्रीले पुराना साथी भुल्ने रोगबाट मुक्त पाएनन् भने उनीहरुलाई जीवनमा समस्या पर्दा साथ दिने कोही नहुने समस्या हुन सक्छ । २- हरेक कुरामा बहस: अधिकाँश स्त्रीहरु आफ्ना पुरुषसँग हरेक जसो विषयमा बहस गर्न खोज्छन् । चित्त नबुझेको विषयमा गरिएको कतिपय बहस झगडामै परिणत हुन्छन् । कुनै कुरा भन्नु परे झगडा गरेर भन्नु भन्दा कुनै नोट लेखेर छोडेमा बरु यस्ता झगडाबाट बँच्न सकिन्छ । बैबाहिक जीवनमा यस्ता कुराले धेरै नै महत्व राख्ने हुँदा सके सम्म हरेक विषयमा झगडा गर्ने बानी छोड्नु पर्छ । ३- कठोर बचन: विवाह अघि केटा केटीकोबीचमा खासै झगडा नभएपनि विवाहपछि भने यस्ता झगडा परि नै रहन्छन् । त्यतिमात्र होइन केटीहरु विवाहपछि हुने झगडामा तपाइँले सोंचे भन्दा बढि कठोर बचन बोल्छन् । यस्तो बानी अधिकाँश केटीको हुन्छ । यस्तो बानी केटाले बुझ्न सकेनन् भने सम्बन्ध नै टुट्ने खतरा समेत हुन्छ । ४- खर्चको विषयमा झगडा: विवाहपछि अधिकाँश महिलाले खर्चको विषयमा श्रीमानसँग झगडा गर्छन् । आफूलाई उचित खर्च गर्ने पैसा नदिएको वा नचाहिने कुरामा खर्च गरेको जस्तो विषयमा महिलाहरुले पुरुषलाई टोक्स्छन् । तर हरेकपटक खर्चको विषयमा झगडा गरिरहनु सम्बन्धको दीर्घायुका लागि घातक हुन सक्छ । यस्तो विषयमा पुरुष पनि सचेत रहनु पर्छ अन्यथा समस्या नै पनि हुन सक्छ । ५- पतिका साथीलाई घृणा: अधिकाँश महिलालाई पतिले साथीहरुलाई घर ल्याएको वा उनीहरुसँग रमाइलो गरेको मन पराउँदैनन् । पतिले आफूसँग बढी समय विताओस भन्ने चाहानाले उनीहरुलाई पतिका साथी आएको मन पर्दैन । तर यो महिलाको यो बानीबारे जानकारी नभएका अधिकाँश पुरुष पत्नीको बानीबाट दिक्क हुन सक्छन् । ६- जिस्काउने: तर विवाह पछि जिस्किनै हुँदैन भन्ने छैन । तर केटीहरु विवाह पछि जिस्किन छोड्छन् । उनीहरुलाई जिस्किँदा आफू उत्ताउलो होइएला भन्ने हुन्छ । तर खासमा विवाह पछिको रोमान्समा पनि जिस्काउने र फ्लर्टको भूमिका महत्वपूर्ण हुन्छ । विवाह पछि कुनै पनि महिला प्रेमिका भन्दा बढी पत्निकोरुपमा रहन्छे तर पुरुषलाई प्रेमिका बनिदिए हुन्थ्यो जस्तो लाग्छ । ७- पतिका परिवार मन नपर्ने: अधिकाँश महिलाहरु विवाह पछि आफ्नो पतिको घरका सदस्यहरुको उपस्थिति मन पराउँदैनन् । पतिका बाबु आमा वा दाजुभाइ-दिदीबहिनी समेत उनीहरुलाई मन पर्दैन । धेरै जसो महिलामा हुने यो बानी केटाले बुझेनन् भने सम्बन्ध नै धरापमा पनि पर्न सक्छ । पतिको घरमा रहँदा महिलाले यो बानी सुधार गर्नु र केटाले यो बानीबारे बुझ्नु नै बुद्धीमानी हुन्छ । पतिका भाइ बहिनी वा बाबु आमासँग दुश्मनी गर्ने महिलाको बानीप्रति पुरुष सचेत हुनु पर्छ ।

सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई नेकपा एमाले ओखलढुंगाले आर्थीक सहयोग गरेको छ । गत कात्र्तीक ९ गते ठुलाछापबा...
08/11/2014

सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई नेकपा एमाले ओखलढुंगाले आर्थीक सहयोग गरेको छ । गत कात्र्तीक ९ गते ठुलाछापबाट सदरमुकाम तर्फ आउँदै गरेको जिप सिद्धिचरण नगरपाली ११ मा दुर्घटनाहुँदा ११ जनाको ज्यान गएको थियो । उनिहरुका परिवारलाई नेकपा एमाले ओखलढुंगाले राहात स्वरुप एक परिवार बराबर ५ हजार आर्थीक सहयोग गरेको हो । दुर्घटनाको १३ औँ दिनको अवसर पारेर ठुलाछाप गाविसमा आयोजीत सामुहिक श्रद्धाञ्जली सभामा एमाले जिल्ला संयोजक मोहन कुमार श्रेष्ठले राहात स्वरुप सहयोग रकम पिडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो । नेकपा एमाले जिल्ला कमीटी ओखलढुंगामा आवद्ध सबै नेता कार्यकता र सुभेच्छुक तथा शुभचिन्तकको पहलमा राहात स्वरुप सहयोग गरिएको कार्यालय सचिव बलबहादुर परियारले जानकारी दिनुभयो । यस अघि उक्त दुर्घटनमा परि घाईते भएकाहरुको उपचारका लागि नेकपा एमाले ओखलढुंगा काठमाण्डौ सम्पर्क मञ्चले एक लाख रकम हस्तानतरण गरिसकेको छ ।

08/11/2014

देशमा केही अवसर नदेखेर दिनहुँ डेढ हजार युवा खाडी मुलुक गइरहँदा आँखै नदेख्ने केही पौरखीले पाल्पामा ४० लाख लगानीको उद्योग चलाइरहेका छन् । पाल्पासहित अन्य जिल्लाका ३० दृष्टिविहीन संगठित भई मदनपोखरामा घरेलु उद्योग स्थापना गरेर जीविका चलाइरहेका छन् । ५ वर्षअघि तालिम लिएका उनीहरूले बाँसको मुढा, डोको र कपडा झुन्ड्याउने ह्यांगर बनाउँछन् । साबुनको झोल, शौचालयमा आवश्यक पर्ने फिनेल, अम्रिसोको कुचो बिक्री गरेर भएको आम्दानीबाट उनीहरूले उद्योग विस्तार गरिरहेका छन् ।५ वर्षअघि मदनपोखरा आरूखर्कमा ‘सिर्जनशील अपांग स्वावलम्बन केन्द्र’ बनाएर ३० जना दृष्टिविहीनले सामूहिक रूपमा गरेको मेहनत उदाहरणीय बन्दै गएको उपाध्यक्ष प्रेमबहादुर रानाले बताए । “शून्यबाट सुरु गरेका थियौं, अहिले लाखौंको भएको छ,” उनले भने, “लागेपछि नहुने केही रहेनछ ।” केन्द्रमै उत्पादित सामग्री बिक्रीबाट नियमितजसो उपकरण थप्ने गरिएको उनले बताए ।पाल्पासहित अन्य जिल्लाबाट समेत आएका दृष्टिविहीनहरू सबैले काम बाँडफाँड गरेर उद्योग चलाइरहेका छन् । कसैले उद्योगमै काम गर्छन् भने कसैले बजारमा लगेर बेच्छन् । कसैले कार्यालयको काम गछ्र्रन्, कोही उत्पादनमा सक्रिय भएर लाग्छन् ।उद्योगबाट मासिक डेढ लाख रुपैयाँबराबरको आम्दानी हुन्छ । वस्तु गुणस्तरीय भएकाले बजारमा बिक्री गर्न खासै समस्या नभएको केन्द्रका सदस्य नरबहादुर कुमाल बताउँछन् । “ग्राहकबाट अहिलेसम्म गुनासो आएको छैन,” उनी भन्छन्, “सबैले राम्रो रहेछ, अपांलाई सहयोग गर्नुपर्छ भन्छन् ।”उनीहरूका उत्पादन प्रभास, बाँसटारी, तानसेन, बुटवलसम्मका बजारमा बिक्री हुन्छन् ।यो उद्योगबाट उत्पादित सामग्री गुणस्तरीय भएकाले आफू नियमित ग्राहक बनेको तानसेनस्थित न्यु रामपुर होटलकी सञ्चालक कोपिला सुवेदीले बताइन्

हामी भुत-प्रेतमा विश्वास राख्छौं ? पक्का पनि हामी मान्दैनौं कि यो संसारमा तर्साउने कुरा पनि छन् जो प्रेतात्मा हुन् । पहि...
07/11/2014

हामी भुत-प्रेतमा विश्वास राख्छौं ? पक्का पनि हामी मान्दैनौं कि यो संसारमा तर्साउने कुरा पनि छन् जो प्रेतात्मा हुन् । पहिले -पहिले यस्ता तर्साउने घटनाहरु धेरै हुन्थे । बिस्तारै मान्छे प्रविधिमा भर पर्न थालेपछि त्यस्ता तर्साउने घटना घट्न छाडेको बताइन्छ । यो कुरा नेपाली समुदायको हो, हामी तर्साउने कुरामा धेरैले विश्वास नगरेपनि नेपाल भन्दा बाहिर आयरल्याण्डमा यस्तो घटना घट्छ । पक्का पनि अहिलेको समयमा भुतले तर्साउँछ भन्दा अचम्म लाग्न सक्ला तर भुतले तर्साएपछि आयरल्याण्डको एक ठाउँमा कोही जान चाहादैनन् । हेर्नुहोस् तश्वीरहरु: इटालीको कुनै जमानामा मानसिक अस्पताल रहेको ठाउँमा तर्साउन थालेपछि सरकारले त्यहाँ जान मनाही गरको छ । हो यो ठाउँ हो इटालीको एक पोभेगलिया आयरल्याण्ड ।

05/11/2014

काठमाडौँ, कार्तिक १९ । सरकारले घर बहालसम्बन्धी व्यवस्थासमेत रहेको विधेयक व्यवस्थापिका संसद्‌मा दर्ता गरेपछि हाल दफावार छलफल भइरहेको छ। कानुन तथा न्यायमन्त्री नरहरि आचार्यले संसद्‌मा प्रस्तुत गरेको सो विधेयकमा घरधनी र बहालमा बस्ने दुवैको दायित्व स्पष्ट रुपमा तोकिएको छ। देवानी कानुनको संशोधन र एकीकरण गर्न बनेको यो विधेयकमा घर बहालसम्बन्धी व्यवस्थामा ‘घरमा उपलब्ध भएसम्म पानी तथा विजुलीको आपूर्ति र ढल निकास तथा सरसफाइको व्यवस्था गर्नु पर्ने’ दायित्व घर बहालमा दिने व्यक्तिको तोकिएको छ।घरधनीले ‘बहालमा बस्ने व्यक्तिलाई सो घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा, हैरानी वा अशान्ति हुनबाट रोक्नुपर्ने’ दायित्व पनि ऐनले तोकेको छ। त्यस्तै घर बहालमा बस्नेले निर्धारित समयमा घरधनीलाई बहालको रकम भुक्तानी गर्नु पर्ने, बहालमा लिएको घर आफ्नो घर सरह मानी सरसफाइ, उचित र मनासिव तवरले हेरचाह, संरक्षण तथा सुरक्षा गर्नु पर्ने, आफू बहालमा रहेको घरका अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति, हैरानी वा असुरक्षा हुने जस्ता कुनै काम गर्न नहुने जस्ता दायित्व ऐनले तोकेको छ।बहालमा बस्नेले घर छाड्नु परे वा घरधनीले हटाउनु परेमा कम्तिमा ३५ दिन अगाडि नै लिखित सूचना दिनुपर्ने व्यवस्था ऐनमा गरिएको छ।घरधनीले आफैलाई आवश्यक पर्‍यो भनी बहालवालालाई हटाएको अवस्थामा आफैले प्रयोग नगरी तीन महिनासम्म अन्य व्यक्तिलाई बहालमा दिन नपाउने निषेधात्मक व्यवस्था पनि ऐनमा गरिएको छ। अन्य व्यक्तिलाई बहालमा दिनै परेमा र पहिला बहालमा बस्ने व्यक्तिले बहाल लिन चाहेमा उसले प्राथमिकता पाउनु पर्ने व्यवस्था ऐनमा छ।

03/11/2014

काठमाडौं, कार्तिक १७ । व्यावस्थापिका संसदले ५ वटा बिद्येयकमाथी बिचार गरियोस भनि राखिएका प्रस्तावलाई पारित गरेको छ । । व्यवस्थापिका संसदको आजको बैठकमा देवानी संहिता २०७१, देवानी कार्यविधि संहिता २०७१, अपराध संहिता २०७१,फौजदारी कार्यविधि संहिता २०७१, र फौजदारी कसुर विद्येयक २०७१ माथि बिचार गरियोस भन्ने प्रस्ताव पारित गरेको हो ।justify;">बिद्येयकहरुलाई बिचार गरियोस भनि प्रस्ताव राख्ने क्रममा कानुनमन्त्री नरहरी आचार्यले मुलुकी ऐनलाइ ५ वटा बिद्येयकमा भाग लगाइएको बताए । छलफलमा भाग लिदै नेपाली कांग्रेसका सभासद रमेश लेखकले ५ वटा बिद्येयकले कानुनको बिशिष्टीकरण गरेको बताए ।उनले बिद्येयकले कानुनको आधुनीकीकरण गरेको समेत बताए । एमाले सभासद अग्नी खरेलले मान्छेलाई सुधार्न सकिन्छ भन्दै यस्तो भएमा मात्रै समाज बन्छ भन्ने अबधारणाबाट बिद्येयक ल्याइएको बताए ।एकीकृत माओवादीका सभासद रामनारायण बिडारीले समय अनुसार कानुनको परिमार्जन गर्न जरुरी भएको भन्दै पिडितलाई क्षतिपुर्ती दिने गरि कानुन बनाउनुपर्ने बताए । राप्रपा नेपालकी सभासद कुन्ती शाहीले इतिहासलाई कायम गर्नेगरी समय सापेक्ष कानुन बनाउनुपर्ने धारणा राखे ।

02/11/2014

Address

Harkapur
Okhaldhunga

Telephone

9842970250

Website

Alerts

Be the first to know and let us send you an email when ओखलढुङ्गा टोक्सेल समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category